भिक्टोरियामा २४ घण्टाभित्रै नयाँ कोरोनाका २७० संक्रमित भेटिए, डार्विन १७ तारिखबाट खुल्दै !


अष्ट्रेलियाको भिक्टोरिया राज्यका विभिन्न स्थानहरुमा यतिेबला कोरोनाका कारण रेडजोन तोकिएको छ । तेश्रो तहको लकडाउन लगाइएको छ । परीक्षण बढाइएको छ । तर, कोरोना अझ फैलिएको देखिँदैछ । भिक्टोरियामा गएको २४ घण्टामा २ सय ७० नयाँ संक्रमण फेला परेका छन् । अघिल्लो दिन यो १ सय ७७ थियो । अष्ट्रेलियाभरिमा १० हजार ६१ कोरोनाका संक्रमित देखिँदा भिक्टोरियामा मात्रै ४ हजार २ सय २४ पुगेको छ । यो सबैभन्दा बढी जनसंख्या भएको न्यूसाउथवेल्स भन्दा बढी हो । तर, यसमध्ये २६ जना मात्रै आईसीयूमा भर्ना छन् भने २१ जना भेन्टिलेटरको सहायतामा कोरोनासँग जुधिरहेका छन् ।
भिक्टोरियामा बढ्दो संक्रमणसँगै न्यूसाउथवेल्समा पनि थप सतर्कताका लागि अधिकारीहरुले आग्रह गरेका छन् ।

भिक्टोरियामा थप १ हजार सेनाका जवान मैदानमा उतारिएको छ । यो समूहले राज्य नियन्त्रण केन्द्रको योजनामा सघाउनेछन्

खुल्दैछ डार्विन

उता, नर्दन टेरेटोरी डार्विनले आगामी १७ जुलाईदेखि भिक्टोरियाबाहेकका राज्यहरुका बासिन्दाका लागि आफ्नो नाका खुल्ला गर्ने भएको छ । यहाँ जाँदा क्वारेन्टाईनमा समेत बस्नु नपर्ने प्रावधान ल्याइने भएको छ । पछिल्लो समय न्यूसाउथवेल्समा समेत कोरोना संक्रमण बढेकोले त्यहाँका निम्ति के गर्ने भन्ने विषय छलफलमा छ ।
अर्कोतर्फ वेष्टर्न अष्ट्रेलियाले भिक्टोरियावासीलाई आफ्नो राज्यमा प्रवेश दिँदा दुई पटक परीक्षण गरेर दुबैमा नेगेटिभ आएमा मात्रै प्रवेश दिने जनाएको छ । यसैबीच, भिक्टोरियामा थप १ हजार सेनाका जवान मैदानमा उतारिएको छ । यो समूहले राज्य नियन्त्रण केन्द्रको योजनामा सघाउनेछन् भने कन्ट्याक ट्रेसिंग डाटा म्यानेजमेन्टमा पनि उनीहरुले साथ दिनेछन् यस्तै पब्लिक हाउजिंगमा बसेर लकडाउनमा परेकाहरुको निम्ति आवश्यक खाद्यान्न, लत्ताकपडा लगायतका चिजहरुको व्यवस्थापन, महानगरसहित विभिन्न क्षेत्रमा परीक्षणमा सहयोग गर्ने उनीहरुको कार्यादेश छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?