हल अफ फेमको दोश्रो कभर म्युजिक भिडियो चर्चामा, मरिजाउँ..!


एमएनटीभी अष्ट्रेलियाले सञ्चालन गरेको हल अफ फेम अन्तर्गत दोश्रो म्युजिक भिडियो मरिजाउँ बोलको गीतको कभर यतिबेला चर्चामा छ । विक्की गुरुंगको गीतलाई मेलबर्न निवासी एन्जिल गुरुंगले गाएका छन् । म्युजिक भिडियोलाई अपलोड भएका केही घण्टामै ६० हजारभन्दा बढीले हेरिसकेका छन् । यो म्युजिक भिडियोको निर्देशन जीवन रसाईलीले गरेका हुन् भने गायकका साथ सीना अर्जुन केसीलाई भिडियोमा देख्न सकिन्छ । मेलबर्नका विभिन्न मनोरम ठाउँमा छायाँकन गरिएको भिडियो यस्तो छ


एमएनटीभीले प्रतिभा प्रोत्साहनका लागि सञ्चालन गरेको हल अफ फेमको पहिलो सिजन अन्तर्गत तीनवटा म्युजिक भिडियोमध्ये यो दोश्रो हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?