पूर्वविश्वसुन्दरी एवं नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना !


पूर्वविश्वसुन्दरी एवं नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना देखिएको छ । यसअघि अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना देखिएपछि उनीहरु आईसोलेसनमा बसेका थिए । कोरोना संक्रमण देखिएपछि उनको परिवारको पनि कोरोना परिक्षण गरिएको थियो । पहिलो पटक गरिएको परिक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

तर, दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गर्ने तयारी छ । जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् । उनीहरुलाई पनि सामान्य लक्षण देखिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?