बच्चन परिवारमा कोरोनाको संक्रमण, अमिताभ र अभिषेक अस्पताल भर्ना !


बलिउडका कलाकार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमिताभ र अभिषेख बच्चन दुवै जनाले आफूहरुलाई कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको ट्विटरबाट सार्वजनिक गरेका छन् ।अमिताभ बच्चनले आफ्नो परिवारका सदस्य र स्टाफहरुको परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको बताएका थिए भने आफूसँग नजिकको सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

अभिषेक बच्चनले दुवैजनालाई सामान्य लक्षण देखिएको र त्यसका कारण कोही पनि आत्तिनु नपर्ने बताएका छन् । उनीहरुलाई मुम्बईको अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?