आयोगको अध्यक्ष नै जस्तोगरी अभिव्यक्ति दिएकी अन्सारीलाई सचेत गराइयो


राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । निजले पूर्वसांसद सरिता गिरीलाई कारवाही गर्ने राजनीतिक दलको निर्णयको विरोध गर्दै यो मानव अधिकारविरोधी भएको बताएकी थिइन् । अन्सारीले यही असार २३ गते सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकामा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् ।

आयोगका अध्यक्ष अनुपराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको छ, दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ, आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो, तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेदजनक छ, तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।”

संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी गिरीमाथि गर्न लागिएको कारवाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानबिन प्रतिवेदन’ भनेको प्रति आयोगले खेद प्रकट गरेको हो । निज सरिता गिरीको पद गईसकेको छ भने मोहना अन्सारीलाई समेत कारवाही किन नगर्ने जनताले प्रश्न उठाउन थालेका छन् । कोरोनाको बिचमा विदेशमा जान प्रतिबन्ध भएपनि यी अन्सारी केहिदिनअघि भारतको लखनउ पुगेर सुटुक्कै फर्किएकी थिइन् । उनको स्वास्थ्य परीक्षण गरी आईसोलेसनमा राख्नुपर्ने माग भएकोमा बेवास्ता गर्दै उनी विभिन्न राजनीतिक दलका नेताहरुको घर घर चहार्दै हिंडेको आरोप छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?