४३ लाख ५० हजार डलर कारमा लिएर घुमिरहेका व्यक्ति ब्रिसबेन प्रहरी नियन्त्रणमा !


प्रहरीले ब्रिसबेनका ३७ वर्षीय एन्ड्रयू सिमोन क्रसलाई नियमित ट्राफिक चेकअपको बेलामा श्रोत नखुलेको ४३ लाख ५० हजार डलरसहित पक्राउ गरेको छ । उनलाई अदालतमा पेश गरिएकोमा अदालतले धरौटीमा रिहा गरिदिएको छ भने प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यसअघि कुनै आपराधिक क्रियाकलापमा संलग्न नदेखिएका ति व्यक्तिले देश छोड्न भने पाउने छैनन् । यस्तै साताको दुई पटक प्रहरी समक्ष उपस्थित हुनुपर्ने नियम पनि अदालतले लागू गरेको छ । प्रहरी चेकजाँचका क्रममा निजसँग रहको सुटकेशमा १७ लाख ५० हजार र अर्को कागजको बाक्सामा बाँकी २६ लाख १० हजार भेटिएको थियो । सम्पत्तिको श्रोत खोज्ने क्रम जारी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?