अष्ट्रेलिया र नेपालबीच व्यवसायिक हवाई सेवा सञ्चालनका लागि पर्यटनमन्त्री भट्टराईको जोड !


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्टे«लियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गर्नुभएको थियो । मन्त्री भट्टराई र राजदूत वडबीच विश्वमहामारीको रुप लिइरहेको कोभिड–१० ले पारेको असर र महामारी न्यूनीकरणका लागि गरिएका कामको अनुभव आदानप्रदान पनि भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै राजदूत वडले व्यावसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गरिने प्रतिबद्धता जनाउँदै अष्ट्रेलियालीलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

यो वर्ष नेपाल र अष्ट्रेलियाबीच सम्बन्ध स्थापनाको ६० औं वार्षिकोत्सव मनाइराखिएको छ । अघिल्लो वर्ष दुई देशबीच हवाई सम्झौता समेत भइसकेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहकले तीन पटक अष्ट्रेलियाका विभिन्न तीन शहरमा चार्टड फ्लाईट गरी अष्ट्रेलियन नागरिकहरुलाई सेवा दिइसकेको परिप्रेक्ष्यमा यो पहललाई निकै महत्वका साथ हेरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?