कोविड्-१९ को बिचमा अष्ट्रेलियन मन्त्रीको राजीनामा, यो वर्ष अन्त्यमा राजनीतिबाटै सन्यास लिने


यसअघिको डढेलो र कोरोनाको कहरकाबीच अष्ट्रेलियाका वित्तमन्त्रीलाई काम गर्न सहज त छैन । तर, यो कठीन परिस्थितिमा पनि आफ्नो क्षमता प्रदर्शन गर्दै धेरैको मन जितेका अस्ट्रेलियाका वित्तमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गरेका छन् ।

कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुन् । उनले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर भएको बताएका छन् । सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको सिनेटरका रूपमा निर्वाचित कोम्र्यानले सन् २०१३ पछि बनेका विभिन्न सरकारको वित्तमन्त्रीको भूमिकामा छन् ।

कोम्र्यानले एक विज्ञप्तिमा भनेका छन् “म वित्तमन्त्रीका रूपमा यस वर्षको बजेटलाई तयार गर्दासम्म रहनेछु । मलाई यो काम मन पर्छ । मैले हरेक दिन यसैका लागि अर्पण गर्ने गरेको छु । यस वर्षको अन्त्यसम्म यो सरकारको आधा कार्यकाल पनि सकिनेछ । अर्को निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गर्दै मैले प्रधानमन्त्री स्कट मोरिसनसँग सल्लाह गरिसकेको छु कि सन् २०२० को अन्त्य नै मलाई आफ्नो पदबाट विदा लिन उपयुक्त समय हुनेछ ।”

कोम्र्यानको राजिनामा यति वेला आएको छ जति वेला अस्ट्रेलियाले विश्वव्यापी महामारीका कारण ठूलो बजेट घाटाको सामना गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?