नेकपा संकट : बालुवाटारमा सहमति निस्किएन, छलफल जारी राख्ने सहमति !


सत्तारुढ नेकपाभित्रको सत्तासंघर्ष चरम रुपमा अघि बढेको अवस्थामा सहमति कायम हुन नसके पनि छलफल कायम राख्ने सहमति बनेको छ । यस अन्तर्गत भोलि दुई अध्यक्षबीच स्थायी कमिटी बैठकअघि पुनः वार्ता हुने भएको छ । यद्यपि अनौपचारिक रुपमा भने दोश्रो तहका नेताहरुले कुराकानी अघि बढाउनेछन् । उनीहरुले खाका प्रस्तुत गर्ने तयारी गरेका छन् ।

यसका लागि महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र वर्षमान पुन तथा जनार्दन शर्माको चार सदस्यीय समितिले काम गर्नेछ । नेकपाका दुई अध्यक्षले आफ्ना दुई दुई सहयोगीलाई साथमा लिएर छलफलमा जुटेका थिए । शुक्रबार संसद बिहीबार संसद स्थगन गरिएपछि बिग्रिएको वातावरण सहमतितर्फ अघि बढ्ने अनुमान छ ।
यसअघि राष्ट्रपतिलाई भेट्न पुगेका तीन शीर्ष नेताहरु प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिसम्म गलत सूचना पठाइएको भन्दै महाअभियोगका विषयमा कसैले पनि नसोचेको बताएका थिए । साथै, पार्टीको विषय पार्टीमा नै मिल्ने भएकोले राष्ट्रपति संस्थाले विवादमा आउने काम गर्न नहुने उनीहरको भनाई थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?