भारतको चलचित्र पद्मावतीले बबाल, सेन्सर गर्न नै ६ जनाको समिति


भारतको चलचित्र सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’ को विवाद सुल्झाउन सेन्सर बोर्डले छानविन समिति गठन गरेको छ । सेन्सर बोर्डले ‘पद्मावती’ फिल्मको विवाद सुल्झाउन ६ सदस्यीय छानविन समिति गठन गरेको हो ।
छानविन समितिमा राजघरान र इतिहासकारलाई पनि समावेश गरिएको छ । छानविन समितिमा रहेका ६ जनाले फिल्म ‘पद्मावती’ हेरेर प्रदर्शन गर्न दिने वा नदिने भन्ने विषयमा निर्णय लिने बताइएको छ । साथै समितिले फिल्ममा गर्नुपर्ने काटछाँटका विषयमा पनि निर्णय लिने भएको छ । यद्यपी समितिको बैठक बस्ने मिति भने तय भएको छैन् ।
निर्मातारनिर्देशक सञ्जय लीला भन्सालीमाथि रानी पद्मिनीको चरित्र र ऐतिहास तथ्य बंग्याएर ‘पद्मावती’ फिल्म प्रस्तुत गर्न लागेको आरोप लागेको छ । यही विषयलाई लिएर ‘पद्मावती’ फिल्म र भन्सालीको विरोधमा राजपुतहरुको संगठन, राजनीतिक दल र राजघराना विरोधमा उत्रिएका छन् । उनीहरुले फिल्मकी अभिनेत्री दीपिका पादुकोण र भन्सालीको हत्या गर्नेसम्मको धम्की दिएका छन् ।
सुरक्षालाई मध्यनजर गरेर फिल्मसँग जोडिएका सवै कलाकारहरुको घरमा सुरक्षाकर्मी नैतान गरिएको छ । फिल्म ‘पद्मावती’ मा उग्र सुलतान अल्लाउद्दीन खिलजीको भूमिका रणवीर सिँहले निभाएका छन् । रानी पद्मिनीको रोल दीपिका पादुकोणले गरेकी छिन् भने महारावल राजा रतन सिँहको भूमिकामा शाहिद कपूर छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?