तामाङ ल्होछारमा सिड्नीमा सांगीतिक कार्यक्रम गरिँदै, विजय लामा आउने


देशभन्दा टाढा रहेपनि नेपालीहरुले आफ्नो संस्कृतिलाई जगेर्ना गर्न बिर्सेका छैनन् । यसैक्रममा आगामी जनवरी २७ तारिखका दिन नेपाली तामाङहरुले सोनाम ल्होछारको अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्षजस्तै यस वर्ष पनि ल्होछार मनाउनका लागि उनीहरुले विभिन्न तयारी अघि बढाएका छन् । तामाङ सोसाईटी अफ सिड्नीका दिल तामाङले दिएको जानकारी अनुसार यस पटक गायक विजय लामा यस कार्यक्रममा सहभगाी हुन आउनेछन् । कुकुर वर्षको रुपमा ल्होछार २८५४ लाख मनाउन गायक विजय आउनेछन् । उनी मात्र नभई स्थानीय प्रतिभाहरुले पनि आफ्नो प्रस्तुति दिने योजना बनाएका छन् । यस स्टडी अष्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको यस कार्यक्रम स्थानीय पिटरशाम टाउन हलमा गरिनेछ । रहेक वर्ष ल्होछारको अवसरमा भेला भई परम्परागत खाना, भेषभूषको प्रदर्शन, लामा पूजा गरी एकै ठाउँमा भेला भएर मनाउँदै आएका उनीहरुले कार्यक्रममा सहभागी हुनका लागि सिड्नीवासी नेपालीहरुलाई अनुरोध गरेका छन् । ल्होछारको विशेष कार्यक्रममा तामाङ सेलो नाच, डम्फु नाच समेत प्रस्तुत गर्ने तयारी आयोजकको छ । यस्तै कार्यक्रम पश्चात डीजे सेसन समेत गरिने जानकारी गराइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?