राजुले सुरु गरे निर्देशन, पहिलो गीतलाई नै एक सातामा ७० हजारको भ्यू


ब्रिसबेन निवासी राजु कँडेल अर्थात् राजु कानले निर्देशन गरेको म्युजिक भिडियो अहिले चर्चित बनेको छ । एक साता नवित्दै ७० हजारभन्दा बढी दर्शकले यो भिडियो हेरिसकेका छन् । मुख्यतः नेपाली म्युजिक भिडियोमा मोडलिङ गर्दै आएका राजुले पहिलो पटक निर्देशन गरेका हुन् । उनले गायक सशान कँडेलको गीतको म्युजिक भिडियो बनाएका हुन् । ब्रिसबेनमा नै शुटिङ गरिएको गीतमा भानु बराल, प्रतिभा महर्जन र दिनेश कार्कीले अभिनय गरेका छन् । सुदिप विष्ट, कृष्ण सुवेदी र मुकेश हुमागाईंको क्यामेरा रहेको यो म्युजिक भिडियोको गीत सहारा नामक एल्बममा समेटिएको छ । म्युजिक नेपालले रिलिज गरेको यो भिडियोलाई ब्ल्याक आई क्रियसनले निर्माण गरेको हो । ब्रिसबेनसँगै नेपालका केही दृश्यहरु पनि भिडियोमा देख्न पाईन्छ । युवा युवतीबीच प्रेम सम्बन्ध र विछोडको बयान गीतमा गरिएको छ । हेरौं यो म्युजिक भिडियो –

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?