एमाले र माओवादीको गठबन्धनको मात्रै १ सय १३ सिट पुग्यो, काँग्रेस २१, मधेशी २०


नेपालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रममा मंगलबार विहानसम्मको नतिजा अनुसार एमाले र माओवादी गठबन्धनले १ सय १३  सिटमा विजय हासिल गरेको छ भने अझै गणना भएका स्थानमध्ये ४ स्थानमा उनीहरुको अग्रता देखिएको छ । नतिजा अनुसार एमालेले ७७ सिटमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले ३६ सिटमा विजय पाएको छ । उता नेपाली काँग्रेसले भने २१ सिटमा मात्रै आफुलाई जिताउन सफल भएको छ । यस्तै राजापको १० सिट, समाजवादी फोरमको १० सिट र अन्य ५ सिट रहेको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?