काँग्रेसको समेत समर्थन पाएका ठेकेदार विक्रम पाण्डेलाई हराए माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले


यस पटकको निर्वाचनमा सर्वाधिक चर्चाको विषय रहेको चितवन ३ बाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले निर्वाचित भएका छन् । उनी ४८ हजार २७५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे हुन् । बहालवाला मन्त्रीसमेत रहेका पाण्डेले ३८ हजार ९४२ मत ल्याए । पाण्डेसँग प्रचण्डको मतान्तर ९ हजार ३३३ छ । यसअधि प्रचण्डलाई टुरिष्ट उम्मेद्वारको संज्ञा दिँदै गाली गलौजमा उत्रिएका पाण्डेलाई चितवनवासीले अस्वीकृत गरिदिएका छन् । चितवन आफ्नो क्षेत्रबाट पहिलो पटक लडेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो क्षेत्रको समग्र विकासका लागि सदैव क्रियाशील् रहने प्रतिबद्धता जनाएका थिए । उनले घरदैलो कार्यक्रममा पुग्दै यहाँका सडकहरु विस्तार, खानेपानीको उचित व्यवस्थापन लगायतको प्रतिबद्धता जनाएका थिए भने उनलाई एमालेले साथ दिएको थियो । वाम गठबन्धन निर्माण गरेर अघि बढेपछि उनको जीत सहज मानिएको भएपनि पछिल्लो समयमा मन्त्री समेत रहेक ाविक्रम पाण्डेले आफ्नै सञ्चार माध्यमको समेत दुरुपयोग गर्दै प्रचण्डका विरुद्ध अनेकखाले प्रचारबाजी गरेका थिए । उनको समाचार रोक्नेदेखि उनलाई टुरिष्ट उम्मेद्वारको संज्ञा दिनेसम्मको काम पाण्डेले गरेका थिए । स्थानीय केही विकास निर्माणको काम गर्ने र ठेकेदारीबाट थोत्रिएका डोजरलाई भाडामा लगाई आफुले काम गराइदिएको प्रचार गर्ने गरेका पाण्डेको यो विफलताले उनको पार्टी राप्रपा प्रजातान्त्रिकलाई समेत ठूलै धक्का लागेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?