सिड्नीमा घन्किने भो पञ्जेबाजाको धुन, बसन्त थापा मुख्य आकर्षण


आगामी डिसेम्बर १६ तारिखका दिन सिड्नीमा पहिलो पटक पन्चे बाजा साँझ हुने भएको छ । सिड्नीको रक्डेलमा रहेको रेड क्याप्सिकम लाउन्जमा सञ्चालन हुने यो रमाइलो साँझको मुख्य आकर्षक चर्चित गायक बसन्त थापा छन् । उनका नजाउ है सानु पँधेरीमा,डाँडै फुर्के सल्लो,मायालु को शहरमा मेरो गाँउमा घर छ लगायत धेरै चर्चित गीत श्रोता दर्शकले मन पराएका छन् । त्यस्तै वारी घुम्टो पारी गाजा, बाग्लुङ बजार मा बाघको शालीक,मिनि वस ले लयो, आलु मिठो ताराखोलाको लगाएतका पञ्चेबाजाका गीतमा उनलाई सुन्न सकिन्छ । सिड्नीमा हुने यो पञ्चेबाजाको गायिका डोमा शेर्पाले साथ दिने भएकी छिन् । कार्यक्रममा शालु गौतम, पवित्रा न्यौपाने र स्टालिन बोहोराको नृत्य रहनेछ । कार्यक्रममा गायक दिल तामा तमाङ पनि आकर्षणको रुपमा रहेका छन् । कार्यक्रम संयोजक बिरेन्द्रदीप मल्लले एमएनटीभीसँग कुरा गर्दै नेपाली गीत संगीतको प्रबद्र्धन अष्ट्रेलियाको भूमिमा गर्न पाउनु खुशीको कुरा भएको बताए । उनले भने, “यस्ता प्रयासहरुमा साथ दिइ भरपुर मनोरन्जन लिन हुन म सम्पूर्ण लोक संगीत,भाषा र कलाप्रेमीहरुलाई अनुरोध गर्दछु ।’ कार्यक्रमको मुख्य प्रायोजन यश स्टडी अष्ट्रेलियाले गरेको छ । कार्यक्रमको सञ्चालन श्रेया राईले गर्नेछिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?