तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल २२ सय मतले पछाडि, एमालेका कृष्णकुमार अगाडि


प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना तनहुँमा तीव्र पारिएको छ । तनहुँको क्षेत्र नं १ र २ मा शुरुदेखि नै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
अहिलेसम्मको मतगणनाअनुसार तनहुँको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० हजार ३२६ र एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) १२ हजार २७३ मत प्राप्त गरेका गर्नु भएको छ । त्यस्तै सोही क्षेत्रबाट प्रदेशसभा १ को सदस्यमा काँग्रेसका गोविन्द भट्टराईले चार हजार ८९१ र एमालेका उम्मेदवार रामबहादुर गुरुङले पाँच हजार ६३३ र प्रदेशसभा दुईको सदस्यमा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले पाँच हजार २७९ र नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार हरिबहादुर चुमानले ६ हजार २६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै तनहुँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शंकर भण्डारीले ११ हजार एक सय ४, एमालेका केदार सिग्देलले १२ हजार १९१ मत पाउनु भएको छ । प्रदेशसभा १ को सदस्यमा काँग्रेसका प्रदीप पौडेलले चार हजार ३५ र माओवादी केन्द्रकी आशा कोइरालाले चार हजार २९२ तथा प्रदेशसभा २ को सदस्यमा काँग्रेसका धुव्र वाग्लेले चार हजार १२ र एमालेका किरण गुरुङले तीन हजार ४५७ मत पाएको बताइएको छ । सिसी टिभीको निगरानीमा कडा सुरक्षा घेराभित्र दुईवटै क्षेत्रको मतगणना कार्य भइरहेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?