एमालेका उम्मेद्वार राना अघि अघि आरजु राणा पछि पछि कैलालीमा यस्तो छ अवस्था


आरजु राणा यतिबेलाको देशका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् । उनी उठेको कैलालीको निर्वाचन क्षेत्र देशभर मात्र नभएर विदेशमा पनि चर्चाको विषय बनेको छ । उनको अहिलेसम्मको मतपरिणाम र मतान्तरण हेर्दा चुनाव जित्नेमा शंका उठ्न थालिसकेको छ । यो मतान्तर घट्ला भन्दा केही बढ्दै गएको देखिएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा तर्फ कम्युनिष्ट गठबन्धनले फेरी मतान्तर बढाएको छ । पछिल्लो मत गणनाको परिणाम अनुसार कम्युनिष्ट गठबन्धन नेपाली कांग्रेसभन्दा एक हजार ३२० मतले अगाडि देखिएको छ । बिहान पौने ११ वजे सार्वजनिक मत परिणाममा नेकपा एमालेका उमेदवार नारदमुनी रानाले ११ हजार ५४ मत ल्याएका छन् । उनलाई ९ हजार ७३४ मतका साथ कांग्रेस नेतृ डा। आरजु राणा देउवा पछ्याइ रहेकी छन् । कारागारबाटै चुनाव लडिरहेका राष्ट्रिय जनता पार्टीका उमेदवार लक्ष्मण थारुले ३ हजार ९८५ पाएका छन् । उनी टीकापुर घटनाका ‘अभियुक्त’ हुन् ।
त्यस्तै कैलाली–५ मा विवेकशील साझाका दिनेशराज भण्डारीले ११ सय ५८ मत पाएका छन् । अहिलेसम्म गणना भएको २७ हजार ३९७ मतपत्र मध्ये १२ सय ५३ मत बदर भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?