लालबाबु पण्डितले हराए डा. शेखर कोइरालालाई, मोरंगमै काँग्रेसको पराजय


नेपाली काँग्रेसको बलियो पकड मानिएको र कोइराला परिवारको विरासत ठानिएको मोरंगमा एमालेका नेता लालबाबु पण्डितले डा. शेखर कोइरालालाई पराजित गरेका छन् । डा. शेखर कोइरालालाई हराउँदै  एमाले नेता लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । मोरङ क्षेत्र नम्बर ६ मा प्रतिस्पर्धामा उत्रिएका उनीहरुले कडा प्रतिस्पर्धा भएको छ । अन्तिम मत परिणाम अनुसार लालबाबुले ३३ हजार ९ सय ४१ मत प्राप्त गरे भने शेखरले कोइरालाले ३३ हजार २ सय ६६ मत पाए । काठमाडौंमा नविन्द्रराज जोशीलाई जीवनराम श्रेष्ठले पराजित गरेका छन् भने डा। शेखर कोइरालालाई लालबाबुले पराजित गरेका हुन् । अर्कोतर्फ, कोइराला परिवारबाट डा. सशांक कोइराला नवलपरासीमा प्रतिस्पर्धा गर्दैछन् । सुजता कोइराला भने समानुपातिक तर्फ रहेकी छिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?