नेपाली काँग्रेसको दोश्रो विजयी बने मोहन आचार्य, रसुवामा आयो रुख


नेपाली काँग्रेसले काठमाडौं १ पछि रसुवा बाट अर्को सिट थप गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि काँग्रेस दोश्रो सिट सुरक्षित गर्न सफल भयो । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आचार्य नेकपा एमालेका पूर्व सभासद जनार्दन ढकाललाई पराजित गर्दै विजयी भएका हुन्। आचार्यले १४ हजार मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार प्रदेश क मा कांग्रेसकै प्रभात लामा विजयी भइसकेका छन्। प्रदेश ख मा लोकतान्त्रिक गठबन्धनबाटै नयाँ शक्तिका प्रेम तामाङ विजयी भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?