प्रकाशमान सिंहले जिते काठमाडौं क्षेत्र नम्बर १ बाट, काँग्रेसले खोल्यो पहिलो खाता


काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसले विजय हाँसिल गरेको छ । प्रकाशमान सिंहले १० हजार ९ सय ३६ मत ल्याएका छन् भने उनकोभन्दा ८ सय कम मत रविन्द्र मिश्रले ल्याएका छन् । चुनावको नतिजापछि विवेकशील साझा पार्टीका नेता मिश्रले आगामी दिनमा अझ बढी क्रियाशील बनेर जनताको माझमा जाने बताएका छन् । चुनावमा पाएको उत्साहले आफुहरुलाई थप हौसला दिएको उनको भनाई छ । जीतसँगै नेपाली काँग्रेसले पहिलो पटक काठमाडौंमा खाता खोलेको छ । प्रकाशमान सिंहले तेश्रो पटक यो क्षेत्रबाट जितेका छन् भने यस पटक उनलाई निकै कडा चुनौती आइपरेको थियो । जितेपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका उपसभापति समेत नेपाली प्रकाशमान सिंहले काठमाडौंका जनताको सुविधाको लागि खानेपानीको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका छन् । उनले नयाँ पार्टी विवेकशील साझाका रविन्द्र मिश्रलाई पनि जनताको मन जितेर अघि बढ्न आग्रह गरे । जनताको सेवा गरेपछि जनताले पनि जनताले पनि नेतालार्य हेर्ने उनको प्रतिििक्रया थियो । उनको विजयसँगै नेपाली काँग्रेसको पार्टीभित्र उनको पकड पनि बलियो बन्ने देखिएको छ । यस पटक नेपाली काँग्रेसका धेरै नेताहरु पराजित हुने संघारमा रहेको बेला उनको विजयले पार्टीभित्र पनि उनको स्थिति मजबुत बनाउनेछ । विजयी भए लगत्तै फोन गरेर रविन्द्र मिश्रले प्रकाशमान सिंहलाई बधाई दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?