सुदूरपश्चिम समाज भिक्टोरियाको पुनर्गठन, महादेव धानुक अध्यक्ष


नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भई अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था सुदूरपश्चिम नेपाली समाज अष्ट्रेलिया भिक्टोरियालाई नयाँ नेतृत्वसहित पुनर्गठन गरिएको छ । हालै सम्पन्न बैठकले नयाँ अध्यक्षमा महादेव धानुकलाई चयन गरेको छ । यसैगरी नरेश रावल, प्रेम उप्रेती, डिल्लीराज भट्ट र सरस्वती महरालाई उपाध्यक्षमा चयन गरेको छ । यसैग्री सचिवमा डा. एकिन्द्र तिमिल्सेना, कोषाध्यक्षमा सुजन पाठक, सहसचिवमा मनोज अवस्थीलाई नियुक्त गरिएको छ । बैठकले सर्वसम्मतिका आधारमा कार्यकारी सदस्यमा महेश नाथ, धनदेव नाथ र सुरज ऐर, थानेश्वर साउद, गणेश मल्ल, खगेन्द्र थापालाई चयन गरेको जानकारी नवनिर्वाचित अध्यक्ष महादेव धानुकले दिएका छन् । उनका अनुसार बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ जसमा पूर्वअध्यक्ष  डा. महेश भण्डारी, नित्यानन्द भट्ट र सुभाष कुँवर रहेका छन् । बैठकले आगामी डिसेम्बर २४ तारिखका दिन बार्बिक्यूको आयोजना गरेको छ । अध्यक्ष धानुकले भने, सुदूरपश्चिम नेपालबाट आई भिक्टोरियामा बसोबास गरिरहेका सबैलाई सहभागी हुन आग्रह गर्दछौं । देशभन्दा टाढा हामी सबै मिलेर आफ्नो क्षेत्रका लागि केही गर्न सक्छौं । हाम्रा चाडवाड एकसाथ मनाउन सक्छौं । यसैकारण पनि सबैले एकजुट हुनु आवश्यक छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?