भिक्टोरियाका बहुसांस्कृतिक मन्त्रीले दक्षिण एशियाली सल्लाहकार परिषद् गर्ने, आवेदन दिन आह्वान


दक्षिण एशियाली क्षेत्रका देशहरुको प्रतिनिधित्व हुनेगरी भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रविन स्कटले सल्लाहकार परिषद् गठन गर्ने भएका छन् । नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा जन्म भई भिक्टोरिया राज्यमा बसोबास गर्दै आएका प्रबुद्ध व्यक्ति सम्मिलित यो परिषद्ले मन्त्रीलाई समूदायका विविध पक्षका विषयमा सल्लाह दिनेछ । अष्ट्रेलियाको भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्री रविन स्कटले आज संसदमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । उनले पत्रकार सम्मेलनमा भने, “लेबर पार्टीले दक्षिण एशियाली क्षेत्र मूल भई अहिले अष्ट्रेलयामा रहँदै आएको समूदायलाई निकै महत्वका साथ हेरेको छ । उनीहरुको आवाज सुनियोस् भन्ने हाम्रो प्रयत्न हो । बहुसांस्कृतिक भिक्टोरियामा सबैको समान सहभागिता सबै क्षेत्रमा होस् भन्ने हामीले चाहेका छौं ।” सार्क क्षेत्र अन्तर्गत अफगानिस्तान छुटेको हो भन्ने जिज्ञासामा उनले भने, हामी त्यस विषयमा विचार गर्नेछौं । अफगानिस्तान अहिले मध्य एशिया क्षेत्रमा रहेको छ । मन्त्रीको सल्लाहकार परिषदमा भिक्टोरियन मल्टिकल्चरल आयोगका संयोजक पदेन रहनेछन् भने मन्त्री स्वयंले संयोजन गर्नेछन् । बाँकी २५ जना सल्लाहकार विभिन्न पृष्ठभूमिबाट लिने तयारी भएको उनले बताए । “यसका लागि हामीले व्यक्तिगत विवरणसहित निवेदन दिनका लागि समूदायका सदस्यहरुलाई आग्रह गरेका छौं । तपाईंहरुकै सञ्चार माध्यमबाट पनि हामी पुनः एकपटक दक्षिण एशियाबाट भिक्टोरियामा आई बसोबास गरिरहेकाहरुलाई योग्यताको विवरणसहित बायोडाटाका साथ निवेदन पठाउन आग्रह गर्दछौं ।”
निवेदन आगामी २२ डिसेम्बरभित्र तलको ठेगानामा पठाउन सकिनेछ ।

Email to : [email protected]

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?