एनआरएन भिक्टोरियाले यो आईतबार अभिभावक पिकनिक आयोजना गर्दै


गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया च्याप्टरले आगामी आईतबार २६ नोभेम्बरका दिन अभिभावकहरुको लागि पिकनिकको आयोजना गर्ने भएको छ । भिक्टोरियामा आई बसोबास गरेका र आफ्ना सन्तानलाई भेट्न यहाँ छोटो समयका लागि आएका अभिभावकहरुलाई लक्षित गरी पिकनिक आयोजना गरिएको एनआरएन भिक्टोरियाले जनाएको छ । एनआरएन भिक्टोरियाका सचिव गौतम लामिछानेका अनुसार सामूदायिक सद्भाव र पुस्तान्तरमा मेलमिलाप बढाउने उद्देश्यका साथ यो पिकनिक आयोजना गरिएको हो । आईतबार मेलबर्नको यान यिन रिजर्भोयर पार्कमा पिकनिक आयोजना गरिएको छ । एनआरएन उपाध्यक्ष केशव कँडेलले कार्यक्रममा आफु पनि आएर आफ्ना अभिभावकहरुलाई समेत ल्याएर कार्यक्रम सफल पार्न आग्रह गरेका छन् । कार्यक्रममा सहभागी अभिभावकहरुको परिचयात्मक कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुतिहरुका साथै उहाँहरुको अनुभव सुन्ने पनि तयारी भएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा १५ हजारभन्दा बढी नेपाली बसोबास गर्दछन् । यस कार्यक्रमलाई भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालय र नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले समेत सहयोग गरेका छन् । पिकनिकमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?