पूर्वराजाका सारथी पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन


तीन पटकधसम्म नेपालको प्रधानमन्त्री भई पछिल्लो समय ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भएका राजनीतिज्ञ कीर्तिनिधि विष्टको शनिबार आफ्नै निवासमा निधन भएको छ । ९० वार्षिय विष्ट लामो समयदेखि क्यान्सर रोगबाट ग्रस्त थिए ।
शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको हो । पूर्वप्रधानमन्त्री विष्ट करिब एक वर्षदेखि घरमै थलिएका थिए । स्वच्छ छविका विष्टको प्रधानमन्त्रीत्वकालमा चीनसँगको स्म्बन्ध नयाँ उचाईमा पुगेको थियो । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सारथीको रुपमा अघि ल्याइएका उनी चीनसँग राम्रो सम्बन्ध भएका राजनीतिज्ञमा पर्दछन् । यसैकारण भारत उनीबाट चिढिएको अनुमान गरिन्थ्इो । उनको निधनमा शोक व्यक्त गर्ने क्रम सुरु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?