एमाले र माओवादी मिल्न पहिलेदेखि नै ५० औँ पटक वार्ता भएको प्रचण्डको खुलासा


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा ९एमाले० र नेकपा९माओवादी केन्द्र०बीच पार्टी एकीकरणका विषयमा जनयुद्धका समयमा ५० औँ पटक वार्ता भइसकेको जानकारी दिनुभएको छ ।
अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०द्वारा संयुक्त रुपमा आयोजित वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जनमुक्ति सेनाको घेराबीचमा रोल्पाको रोसेवाङ्गमा दुई पार्टीबीचमा लिखित सम्झौता भएपछि मात्रै १२ बुँदे समझदारी भएको बताउनुभयो । उहाँले भन्नुभयो “सशस्त्र द्वन्द्वको १० वर्षभित्र लगातार ५० औँ पटक दुई पार्टीका बीचमा वार्ता भएको छ”, दाहालले थप्नुभयो, “एमाले र माओवादीबीचमा पहिलो लिखित सम्झौता रोल्पामा भएको हो जसमा संविधानसभामा जाने, सामन्तवादविरुद्ध जाने उल्लेख थियो ।” त्यसले अहिले आधारशिलाको काम गरेको उहाँको भनाइ थियो । मदन भण्डारी जीवित रहँदै कम्युनिष्ट पार्टी एक हुनुपर्छ भनेर आफूसँग छलफल भएको उहाँले स्मरण गर्नुभयो । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि धेरै पटक पार्टी एकीकरणको प्रयास भएको बताउँदै उहाँले भन्नुभयो “पहिलो संविधानसभाको निर्वाचनअघि धेरै पटक पार्टी एकीकरणको प्रयास भएको थियो”, उहाँले अगाडि थप्नुभयो “त्यतिबेला लिखित दस्तावेज बनाइयो, तर सफल भएन ।”
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले एक महिनापछि दुई तिहाइ बहुमतको वामपन्थीको सरकार बनाइने जिकिर गर्नुभयो । कार्यक्रममा महिला संघका उपाध्यक्ष सीता पौडेल, महिला संघ ९क्रान्तिकारी० का केन्द्रीय सदस्य शर्मिला विक, एमाले जिल्ला सचिव पार्वती रावल, महिला संघ ९क्रान्तिकारी० जिल्ला संयोजक संगीता भट्टराईलगायतले बोल्नुभएको थियो । कार्यक्रममा ५०१ सदस्यीय संयुक्त वाम महिला चुनाव परिचालन कमिटीसमेत गठन गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?