अष्ट्रेलिया र नेपालको प्रेस काउन्सिलबीच छलफल, सहकार्यको समझदारी


नेपाल र अष्ट्रेलियाबीच प्रेस काउन्सिल तहमा सहकार्य हुने भएको छ । अष्ट्रेलियाको पाँच दिने भ्रमणमा रहेको नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिलका पदाधिकारीहरुको टोलीले सिड्नीमा रहेको अष्ट्रेलियन प्रेस काउन्सिलसँगको छलफलमा यस्तो समझदारी जुटाएका हुन् । दुई देशबीचको सम्बन्धलाई प्रेसका माध्यमबाट अझ मजबुत बताउन सकिन्छ भन्ने विाष्यमा कुराकानी भएको छलफलमा सहभागी एक प्रतिनिधिले बताए । अध्यष आचार्यसहितको टोलीलाई प्रेस काउन्सिल अष्ट्रेलियाका कार्यकारी निर्देशक जोन पेण्डरले स्वागत गरेका थिए । उक्त अवसरमा अष्ट्रेलियामा प्रेस काउन्सिलको भूमिका र उनीहरुको कार्यशैलीका बारेमा जानकारी दिइएको थियो । साथै, नेपाली टोलीले नेपालमा सञ्चार जगतको अनुगमन कसरी हुन्छ भन्ने विषयमा आफ्नो प्रस्तुति दिएका थिए । अष्ट्रेलियन प्रेस काउन्स्लिको टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिइएको छ । उक्त टोलीमा पत्रकार महासंघका अध्यष आचार्य, प्रेस काउन्सिलका पदाधिकारीहरु सुदर्शन आचार्य, संगीता खड्का, शुभेच्छा विन्दु र रामशरण बोहरा छन् । साथै टोलीमा सिड्नीमा क्रियाशलि पत्रकारहरु ऋीष आचार्य र मनऋषि धिताल पनि सहभागी बनेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?