वाम गठबन्धनले बहुमत ल्याए विकासको कायापलट नै हुन्छ : नेता अधिकारी


नेकपा ९एमाले०का नेता रवीन्द्र अधिकारीले वाम गठबन्धनले बहुमत ल्याएर सरकार बनाएमा पाँच वर्षमै देशमा विकासको कायापलट हुने जिकिर गर्नुभएको छ । कास्की प्रदेश नं २ ९ख० पोखरामा आज आयोजित वाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार अधिकारीले मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम गठबन्धनले जित्नैपर्ने बताउनुभयो । वाम गठबन्धनले ल्याउन खोजेको समाजवाद सामाजिक न्यायसहितको हुने उल्लेख गर्दै उहाँले आपूmले यो पटक पनि जिते विगतका वर्षमा भन्दा दोब्बर बजेट ल्याउने आश्वासन दिनुभयो । नेकपा ९माओवादी केन्द्र०बाट क्षेत्र प्रदेश नं २ ९ख०का उम्मेदवार राजकाजी गुरुङले कसैको निजी सम्पत्ति खोस्नका लागि नभई समानताका लागि समाजवाद ल्याउन खोजिएको धारणा राख्नुभयो । प्रदेश नं २ ९क०का उम्मेदवार कृष्ण थापाले काँग्रेसले लोकतन्त्रलाई पैसामा बिक्री गरिरहेको आरोप लगाउनुभयो । प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार तथा नेकपा ९एमाले० निर्वाचन कमिटीका केन्द्रीय अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ले वाम गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?