डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते


डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ सालगाउँकी १९ वर्षीया अनिता खड्का, केआई सिंह गाउँपालिका–१ का ५५ वर्षीय गाडी चालक खेमराज ओझा र बोगटान गाउँपालिका–६ गगुडाका २५ वर्षीय रोशन ताम्राकार रहेका छन् । दुर्घटनामा घाइते भएका आठमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गम्भीर घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । गम्भीर घाइतेहरुमा केआई सिंह गाउँपालिका–१ का २४ वर्षीय हेमराज ओझा, आदर्श गाउँपालिका–१ की ४५ वर्षीय हाँसु खड्का, स्वही ठाउँकी १३ वर्षीया सरिता खड्का रहेका छन् ।केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आइरहेको से१ज २६५ नंं को बोलेरो जिप सोही गाउँपालिकाको वडा नं ३ देउरडीमा आज दुर्घटना भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?