‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत, प्रधानमन्त्री देउवा गएनन


तीव्र राजनीतिक ध्रुवीकरणलाई व्यंग्य गर्दै दीपावली २०७४ को अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ । प्रधानमन्त्री शेरबादुर देउवासहित सबै दलका शीर्ष नेतालाई बोलाइए पनि प्रधानमन्त्री भने सहभागी भएनन् । यसअघिका वर्षहरुमा स्वयं प्रधानमन्त्री पनि सिस्नुपानीको देउसीमा सहभागी हुने क्रम थियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा आज प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्ध्रर्व लगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिनुभयो । सो अवसरमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ ले मुलुकलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?