गैर आवासीय नेपालीको सहयोगमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाको पहल


गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि पहल थालिएको छ । लिभर फाउण्डेसन नेपालको अगुवाइ र विश्वभर रहेका फाउण्डेसनको शाखामार्फत आर्थिक सहयोग जुटाइ नेपालमै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न लागिएको हो । मिर्गौलाको समस्याका कारण कुनै पनि नेपालीले समयमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त केन्द्र स्थापनाका काम अघि बढाइएको फाउण्डेसनका अध्यक्ष उमेशजंग रायमाझीले जानकारी दिनुभयो ।
सहयोगका लागि विश्वभर रहेका गैर आवसीय नेपाली सहयोगका लागि तयार भएकाले सम्बन्धित देशका आफ्नो शाखामार्फत सहयोग संकलन गर्ने योजना फाउण्डेसनको छ । नेपालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि अमेरिकामा रहेका नेपालीबाट सहयोगको अभियान थालनी गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले जानकारी दिनुभयो । मिर्गौलाको समस्याबाट पीडित पmाउण्डेसनका अध्यक्ष रायमाझीको भारतमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको र स्वास्थ्यमा सुधार आएपछि उहाँ यो सामाजिक अभियानमा लाग्नुभएको हो ।
नेपालमा मिर्गौलाको सबै प्रकारको उपचार गर्ने सुविधा सम्पन्न अस्पतालसहितको मिर्गौला प्रत्यारोपण केन्द्र नभएकाले अध्यक्ष रायमाझीले अब कुनै पनि नेपालीमा देखिने मिर्गौला रोग सम्बन्धी समस्या समाधानका लागि सो कार्यको थालनी गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?