अष्ट्रेलियाका एनआरएन अधिवेशन प्रतिनिधि र उम्मेद्वारबीच अन्तरक्रिया, एकै पदमा धेरै उम्मेद्वार घटाउने प्रयास जारी


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहलमा अष्ट्रेलियाबाट आएका एनआरएन प्रतिनिधिहरु र उम्मेद्वारहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल कन्फ्रेन्स सुरु भएको काठमाडौंको होटल हयातमा गरिएको छलफलमा बोल्ने अधिकांश वक्ताले एउटै पदमा धेरै उम्मेद्वार हुँदा त्यसले राम्रो सन्देश नजाने भएको कारण सहमतिको प्रयास जारी राख्ने निर्णय भएको छ ।

यस पटकको आईसीसी चुनावमा अध्यक्ष पदमा अष्ट्रेलियाबाट जमुना घलेले उम्मेद्वारी दिएकी छिन् भने उपाध्यक्षमा महिलातर्फ रञ्जु वाग्ले, सचिवमा गणेश केसी, महेन्द्रकुमार लम्साल र ऋषि कँडेलले उम्मेद्वारी दिने बताएका छन् । महिला संयोजकमा भुमा लिम्बुले उम्मेद्वारी दिएकी छिन् । आईसीसी युवा संयोजकमा स्वतन्त्रप्रताप शाहले उम्मेद्वारी दिएका छन् । यसैगरी ओसियाना क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी, प्रेम सापकोटा, सुरेन्द्र सिग्देलको उम्मेद्वारी परेको छ । ओसियाना क्षेत्रीय उपसंयोजकमा ईश्वर कुईकेल र हरि राम्जालीले आफुलाई अगाडि सारेका छन् । यस्तै क्षेत्रीय महिला उपसंयोजकमा सुजाता बस्नेतले उम्मेद्वारी दिने घोषण गरेक िछिन् । यस बाहेक पनि उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ । मनोनयन दर्ता गर्ने समय सोमबारअघि सहमतिको लागि प्रयास अगाडि बढाउने एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले बताए । उनले भने, “यद्यपि सबैको आआफ्नो ईच्छाको कुरा हो । एउटै पदमा धेरैको उम्मेद्वारी दर्ता गर्दा यसले राम्रो सन्देश गएन कि भन्ने सोचाईमा हामीले यो छलफल गरेका हौं ।” एनआरएन अष्ट्रेलियाका सचिव देव गुरुंगले एनआरएन अष्ट्रेलिया एकताबद्ध रहेको देखाउन सके यसले विश्वभरि नै राम्रो सन्देश जाने भनाई राखेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?