जब अमेरिकी बमवर्षक विमान कोरियाको आकाशमा, के आउला उत्तरको प्रतिक्रिया ?


अमेरिका र दक्षिण कोरियाले आफ्ना दुई बम वर्षक विमानहरुलाई कोरिया प्रायद्विपको आकाशमा उडाएर उत्तर कोरियालाई चुनौती दिएका छन् । बी वन बी नामक यी विमानहरु गुवामबाट उडेका थिए भने यिनले आकाशबाटै जमिनमा हान्न मिल्ने मिसाईल पनि बोकेका थिए । बुधबारको यो घटनापछि अब उत्तरको के प्रतिक्रिया आउँछ यो भने प्रतिक्षाको विषय बनेको छ । कोरिया प्रायद्विपमा बढ्दै गएको तनावलाई लिएर चिन्तित बनेको अमेरिकाको यो कदमले पक्कै पनि उत्तरलाई थप मिशाईल परीक्षण वा अघिल्लो पटक जपानको आकाशमा उसले विमान उडाएर दिएको चेतावनी दोहोरिने अनुमान छ । मंगलबार राति गुवामबाट उडेका यी विमानहरुले आकासबाटै पूर्वी समुद्र तथा पहेंलो समुद्रमा मिसाईल दागेर परीक्षण पनि गरेका थिए । यो तालिम एक्सटेन्डेड डिटरेन्स नामक संयुक्त सैन्य अभ्यासको श्रृंखला भएको दक्षिण कोरियाले बताएको छ । हिजो मात्रै उत्तर कोरियाले दक्षिण कोरियाको कम्प्युटरमा आक्रमण गरी ३५ जीबीभन्दा बढी गोप्य सूचना र आक्रमणका योजनाहरु कब्जा गरेको खबर आएको थियो । यो दावीलाई दक्षिण कोरियाले मौनतापूर्वक हेरिरहेको छ भने उत्तर कोरियाले आफुहरुले कुनै साईबर आक्रमण नगरेको दाबी गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?