भोलि आईतबार ‘सही हो अकस्टीक नाईट’ क्राउनको स्टूडियो थ्रीमा नेपाली गीतसंगीत घन्किदै


नेपाली गीतका पारखीहरुलाई प्रत्यक्ष संगीतको स्वाद पस्कने उद्देश्यका साथ भोलि आईतबार नोभेम्बर ५ मा मेलबर्नमा अकस्टिक नाईट २०१७ आयोजना हुँदैछ । सही हो ईभेन्टसले आफ्नो तेश्रो प्रस्तुतिस्वरुप ल्याएको यो कार्यक्रममा नेपालबाट आउने सेलिब्रिटी गायक संगीतकार मात्र होइन मेलबर्नमै बसोबास गर्ने प्रतिभाहरुल पनि आफ्नो उत्कृष्ट सिर्जना पस्कने तयारी गरेका छन् । “लाईभ म्युजिक, लाईभ गायन यही नै अकस्टीक नाईटको विशेषता हो”, आयोजक मध्येका एक सुजन खरेलले एमएनटीभीसँग भने । कार्यक्रममा सहभागी हुन १८ वर्षभन्दा माथिको उमेरहुनुपर्ने र आईडी कार्ड अनिवार्य रुपमा ल्याउनुपर्नेछ । कार्यक्रममा स्वप्ना सुमन, प्रयत्न श्रेष्ठ, नट्टु साह, अल्फा भट्टराईका सुपरहिट गीतहरु प्रत्यक्ष सुन्न सकिनेछ । यति मात्र होइन, पछिल्लो समय सुन साईंली गीतबाट चर्चाको शिखरमा पुगेका स्टार गायक हेमन्त राना पनि प्रमुख आकर्षण रहनेछन् । मेलबर्नको क्राउन क्यासिनोमा अवस्थित स्टुडियो थ्रीमा हुन लागेको अकस्टिक नाईटमा सहभागी हुनका लागि कलाकारहरु अष्ट्रेलिया आइसकेका छन् । उनीहरुले शुक्रबार सिड्नीमा कार्यक्रम सम्पन्न गरेका थिए । यस कार्यक्रमको मुख्य प्रायोजन गरेको कँडेल कन्सल्टेन्सीका राज कँडेलले भने, “युवा पुस्ताका लागि यो आकर्षक कार्यक्रम हुनेमा शंका छैन । यसैगरी सुन साईली गीतका गायक हेमन्त रानाको प्रस्तुति हेर्न अन्य उमेर समूहका मानिस पनि आउनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?