उत्तर कोरियाले गर्यो साईबर आक्रमण,दक्षिण कोरियाका २ सय ३५ जीबी डाटा चोरियो


उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ । ती सामाग्रीहरुमा उत्तरदुई कोरियाको युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको बताइएको छ । 
कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।
उत्तर कोरियाको ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरेको र त्यसबाट २३५ गिगा बाइट बराबरका अति सम्वेदनशील तथ्यांकहरु चोरेको जनाएको छ । दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका सांसद रुचिल हीले कम्प्युटर ह्याक गरिएको सम्बन्धी सो जानकारी दिनुभएको हो । उहाँले गत सेप्टेम्बर महिनामा उत्तर कोरियाली कम्प्युटर ह्याकरले दक्षिण कोरियाली सेनाको कम्प्युटरमै आक्रमण गरेको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?