अष्ट्रेलियन नेपाली चिकित्सकहरुको साधारणसभा एडिलेडमा, डा. घनश्याम चापागाईं सभापति चयन


अष्ट्रेलियामा कार्यरत रहेका नेपालीमूलका चिकित्सकहरुको संगठन अष्ट्रेलियन नेपाल मेडिकल एण्ड डेन्टल एशोसिएसनको तेश्रो वार्षिक साधारणसभा साउथ अष्ट्रेलियाको एडिलेड शहरमा सम्पन्न भएको छ । साधारणसभाले डा. घनश्याम चापागाईंको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । साधारणसभामा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त अवसरमा आफ्नो धारणा राख्दै राजदूत शेर्पाले यहाँ नेपालीले हाँसिल गरेको शीप र दक्षता नेपालमा लैजाने भरपर्दो संयन्त्र निर्माण गर्ने प्रयासमा आफु जुटेको बताउनुभयो । राजदूत शेर्पाले संस्थाले नेपाली समूदायमा खेलेको भूमिकाको प्रशंसा नेपाली चिकित्सकहरुसँग अनुभव आदानप्रदान र प्रविधिको स्थानान्तरणका लागि छलफल गर्न समेत सुझाव दिनुभयो । साँझ सांस्कृतिक कार्यक्रमसहितको कार्यक्रमअघि सम्पन्न भएको साधारणसभामा अघिल्लो कार्यकालमा योगदान दिनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियो । साधारणसभाले सभापतिमा डा. चापागाईं, उपाध्इक्षमा डा. चन्द्र पोखरेल र डा. गणेश श्रेष्ठ, महासचिवमा डा. कुश श्रेष्ठ, सहसचिवमा डा. अर्जुन बुर्लाकोटी, कोषाध्यक्षमा डा. अञ्जु पाण्डेलाई चयन गरेको छ । यसैगरी विभिन्न राज्यका लागि संयोजकहरुको समेत चयन भएको छ । जस अनुसार न्यूसाउथवेल्स र अष्ट्रेलियन क्यापिटल टेरेटरीबाट डा. प्रविन पाठक, वेष्टर्न अष्ट्रेलिया, साउथ अष्ट्रेलिया र नर्दन टेरेटरीबाट सर्विन रञ्जितकार, भिक्टोरिया र तास्मानियाबाट डा. आषुतोष काफ्ले संयोजक चयन हुनुभएको छ । साथै निवर्तमान अध्यक्ष डा. केशव भट्टराईलाई वरिष्ठ सल्लाहकारमा नियुक्ति गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । कार्यक्रममा एडिलेडको नेपाली समूदायका अगुवाहरु दिपक विष्ट, कुमार गुरुङ एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं साउथ अष्ट्रेलिया संयोजक अशोक केसीसहित अन्यको उपस्थिति थियो ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?