मिस डिभा पोखराको दोस्रो संस्करण हुने


ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीको आयोजनामा दोस्रो संस्करणको मिस डिभा पोखरामा हुने भएको छ । पत्रकार सम्मेलनमा कम्पनीका व्यवस्थापक सागर आचार्यले कात्तिक २५ गते होटल बाराही लेकसाइडमा मिस डिभा पोखरा हुने जानकारी दिनुभयो । उक्त प्रतियोगितामा कम्तीमा एसइई उत्तीर्ण १८ वर्ष उमेर पुगेका र न्यूनतम पाँच फिट उचाइ भएका युवतीले भाग लिनसक्ने जानकारी दिँदै उहाँले यस प्रतियोगिताले युवतीको प्रतिभा प्रस्फुटन एवं क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा मिस कास्की निकिता खड्की, युवराज गुरुङ, मिस्टर कास्की मनिष ओस्टा, पूजा श्रेष्ठ, रजनी हमाल, कञ्चन गुरुङ लगायतले युवतीमा निखारता प्रदान गर्ने कार्यक्रम संयोजक स्वस्तीका केसीले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेताले नगद रु ७५ हजारका साथमा म्यागेजिन कभर, मोडलिङ कन्ट्रयाक्ट, ब्राण्ड एम्बेसडर, गिफ्ट भौचरलगायतका पुरस्कार पाउने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?