गुरुङले लेखे बाढी पीडितको भाव, सिड्नीबाट सार्वजनिक भयो – “बर्षभरी जहान पाल्ने बाली बगायो”


नेपालमा हालै गएको बाढी पहिरो पीडितहरुको भावलाई समेटेर सिड्नीबाट नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । थन्डरस्ट्रोम अडियो भिडियो र अरुण आर्यान चौधरीले सयुक्त निर्माण गरेको यस् म्युजिक भिडियोमा सिड्नी कै चर्चित गायक गायिकाहरु बिकास उप्रेती, निरज खरेल, किरण भण्डारी, दिल तामाङ र सुजाता उपाध्यायले आवाज दिएका छन् । गीतको शब्द राज गुरुङको हो । “बर्षभरी जहान पाल्ने बाली बगायो” बोलको यो म्युजिक भिडियोमा बाढीका कारण नेपालको विभिन्न भागमा भएको जनधनको क्षतिलाई चित्रण गरिएको छ । एउटा सामान्य जीवनयापन गर्ने ब्यक्तीलाई अकल्पणिय र आकास्मिक प्राकृतिक प्रकोप पर्दा यसले ल्याएको पीडालाई गुरुङले क्रमिक रुपमा बताएका छन् भने संगीतकार किरण भण्डारीले यसमा जीवन भरेका छन् । म्युजिक भिडियोमा नेपालमा गएको प्राकृतिक प्रकोपको दृश्य मात्र समावेश गरिएको छैन केही तथ्य तथ्यांकहरुलाई पनि जोडिएको छ । म्युजिक भिडियो बाढी पहिरोमा परी ज्यान गुमाएका नेपाली र उनीहरुको परिवारप्रति समर्पित गरिएको निर्माण पक्षले जानकारी दिएको छ । म्युजिक भिडियो तपाईंले यहाँ हेर्न स्क्नुहुनेछ

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?