नाङो भिडियो खिच्न ट्वाईलेटमा क्यामेरा राख्दा पक्राउ परेका विवेक गुरागाईंको ‘पछुतो’


भनिन्छ नि, अति गर्दा खति हुन्छ । अष्ट्रेलियाको सिड्नीमा उलवर्थको जागिरे एक नेपाली युवा यतिबेला प्रहरी हिरासतमा छन् । उनको मुद्दामा १० महिनासम्मको जेल सजाय र देश निकाला हुने अवस्था छ । उनी हुन् विवेक गुरागाईं । २३ वर्षका यी नेपाली युवा अष्ट्रेलियाको सपना बुन्दै सिड्नी आइपुगेका थिए विद्यार्थीका रुपमा । उनी जब बुधबार अदालतमा उपस्थित भए त्यतिबेला आफुले के काम गरें भनेर बताउनसक्ने अवस्थामा समेत थिएनन् । स्थानीय अष्ट्रेलियन मिडियाहरुले जनाए अनुसार विवेकले आफु काम गर्ने उलवर्थको कर्मचारी ट्वाईलेटमा मोबाईल राखेर त्यसको क्यामेरामार्फत धेरै कर्मचारीको नग्न तस्वीर रेकर्ड गरेका थिए । उनको मोबाईलबाट प्रहरीले २ सय ५० वटा यस्ता ट्वाईलेटमा गएर महिला कर्मचारीले स्कर्ट खोल्दै गरेका भिडियोहरु बरामद गरेको छ । उनलाई माग बमोजिम १० महिनाको सजाय भयो भने गत जुनमा पक्राउ गरेको समयदेखिकै गन्तीका आधारमा आगामी फेब्रुअरीसम्म जेलमा राखिनेछ । यसपछि उनको भविष्य के हुन्छ यो भने तय हुन बाँकी छ । प्रहरी अधिकारी रोस मिचेलले अदालतमा गुरागाईंले योजनाबद्ध तवरमा यो अपराध गरेको जिकिर गरेका छन् । उनको भनाई छ, यो अक्ष्यम्य अपराध हो । हुनतः एक पटकलाई माफी दिन उनले आफ्ना कर्मचारी साथीहरुको नाममा अपिल समेत लेखे । उनले अपिलमा भनेका छन् “हुनतः म माफीको लायक छैन । तर, यो नै मेरो अन्तिम यस किसिमको बदमासी र गैरकानूनी कार्य हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।” “उनी १० महिनाभित्र यो गल्तीका लागि छुट्नेछन । तर, जुन बेइज्जती उनले व्यहोरेका छन्, जुन मानसिक तनावबाट उनी गुज्रिएका छन् यो कहिल्यै नमेटिने छाप बनेर उनको जीवनमा रहनेछ”, सँगै काम गर्ने थोमस स्कीनरले भने – “उनले फेरि अष्ट्रेलियाको समाजमा स्वतन्त्र भएर रहने अवस्था आउने निकै झिनो मात्र आशा छ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?