एनआरएन ओसेनिया क्षेत्रीय संयोजकमा सुरेन्द्र सिग्देलको पनि उम्मेद्वारी


एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देलले आगामी कार्यकालका लागि ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै सिग्देलले एनआरएन आईसीसीले लागू गर्ने नीतिहरुलाई तल्लो तहसम्म लैजाने प्रभावकारी भूमिका निर्वाह गर्न आफुले उम्मेद्वारी दिएको बताए । जितेको अवस्थामा यो भूमिका निर्वाह गर्न सक्षम रहेको पनि उनले दावी गरे । १९ बुँदे आफ्नो अवधारणा प्रस्तुत गरेका सिग्देललाई यी एजेन्डाहरु त एनआरएन ग्लोबल अध्यक्षकै जस्तो पो छ त ? भन्ने प्रश्न गर्दा उनले भने, “यी एजेन्डाहरुमा आफ्नो धारणा मात्रै राखेको हो । ओसेनिया क्षेत्रीय संयोजकको कर्तव्य र अधिकारबारे जानकार छु ।” आगामी चुनावमा अष्ट्रेलियाबाट नै तेश्रो उम्मेद्वारीका रुपमा ओसेनिया संयोजक पदमा उठिरहँदा मिल्ने र उम्मेद्वारी फिर्ता लिने सम्भावना कस्तो छ त ? एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष सिग्देलले भने, “अहिलेसम्म मेरो त्यस्तो कुनै धारणा छैन । म व्यक्तिगत रुपमा दृढ छु । अधिवेशनमा गएपछि त्यहाँ जाने मतदाताहरु नै निर्णायक हुनुहुन्छ । यदि उहाँहरुले उठ भन्नुभयो भने म उठ्छु । बस भन्नुभयो भने म बस्छु ।” ओसेनिया संयोजक पदमा न्यूजिल्याण्डबाट दुईजनाको उम्मेद्वारी आइसकेको छ भने अष्ट्रेलियाबाट तीन जनाको उम्मेद्वारी घोषणा भइसक्दा किन यति धेरै उम्मेद्वारी भन्ने प्रश्नको उत्तर पनि सिग्देलले दिएका छन्,
“शायद यो (ओसेनिया) क्षेत्र महत्वपूर्ण क्षेत्रको रुपमा अघि आएको हुनाले सबैको आकर्षण बढेको हो कि भन्ने लाग्छ मलाई ।” आगामी निर्वाचनमा आफुलाई मतदाताले चुन्ने र आफुले सेवा गर्ने अवसर प्राप्त गर्नेमा सिग्देल ढुक्क देखिन्छन् ।

सिग्देलले उम्मेद्वारी घोष्णासँगै उठाएका १९ बुँदे एजेन्डा यस्ता छन् –

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?