लोकतान्त्रिक मोर्चा गठन गर्न काँग्रेसको छलफल शुरु


नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बृहद् लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा छलफल शुरु गरेको छ । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यस विषयमा छलफल भइरहेको नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ । 
लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिनेसमेत उहाँले बताउनुभयो । मंगलबार नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?