एनआरएन ओसेनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारीको उम्मेद्वारी 


गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलन काठमाडौंमा हुने मिति नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेद्वारी दिने क्रम जारी छ । यसैबीच, अष्ट्रेलियाबाट धर्मराज अधिकारीले ओसियाना संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । अष्ट्रेलियामा रहेर डोमिनोज पिजाको व्यवसायमा आफुलाई स्थापित बनाएका धर्मराज अधिकारीले आफ्नो दावेदारी प्रस्तुत गर्दै यस क्षेत्रमा रहेका एनसीसीसँग आईसीसीको सम्बन्ध विस्तार र संयोजन आफ्नो प्रमुख एजेन्डा रहेको बताए । आफु व्यवसायी भएका कारण नेपालमा सामूहिक लगानीका लागि पनि जोड दिने उनको भनाई छ । अधिकारी अष्ट्रेलियाको समाजमा शालिन व्यक्तित्वका रुपमा स्थापित छन् । आईसीसी सदस्य रहेका अधिकारीले एमएनटीभीसँग कुरा गर्दै भने, “गैरआवासीय नेपाली संघलाई नयाँ ढंगबाट लैजाने र प्रभावकारी रुपमा काम कारवाही अघि बढाउने सवालमा मेरो सक्रियता रहनेछ । क्षेत्रीय संयोजन गर्न म सक्षम छु भन्ने लागेको छ । साथीहरुबाट पनि यस कार्यमा सहयोगको अपेक्षा गरेको छु ।”
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?