छक्कापञ्जा 2 मेलबर्नमा, भोलि बुधबार चाईना टाउनमा पहिलो शो हुँदै


दिपक र दीपाको छक्का पञ्जा दुई मेलबर्नमा बुधबार पहिलो प्रदर्शन हुँदैछ । सिटीमा रहेको चाईना टाउन सिनेमाबाट सुरु हुने यस चलचित्रको प्रदर्शनको यात्रा तीन शोको लागि अहिले तय भएको छ । यद्यपि, दशैंको माहोलमा अघिल्लो वर्षको छक्का पञ्जा जस्तै यसले पनि सात शोभन्दा बढीको रेकर्ड बनाउने हो वा होइन यो भने हेर्न बाँकी नै छ । आयोजक नेप्ले ईभेन्टसले दिएको जानकारी अनुसार दोश्रो शो क्राउनको भीम्याक्समा अक्टोबर १ तारिखका दिन प्रदर्शन गरिनेछ । यस्तै तेश्रो शो अक्टोबर २ तारिखकै दिन चाईना टाउनमा प्रदर्शन गर्न लागिएको हो । नेप्ले ईभेन्टसका सञ्जय साहले एमएनटीभीलाई दिएको जानकारी अनुसार दशैंको माहोलमा परिवारसहित नै बुकिंग गर्ने क्रम अहिले बढेको छ । उनले थपे, परिवार बसेर हाँस्दै दशैं मनाउने अवसर यो चलचित्रले दिएको छ । अघिल्लो वर्ष पनि दशैंमा छक्का पञ्जा नै हेरेर रमाइलो गरेका मेलबर्नवासीहरुको लागि अझ गम्भीर विषयवस्तुसहित यो चलचित्र आएको छ । पक्कै पनि दर्शकहरु निरास हुने छैनन र परिवारकै साथमा बसेर नेपाली चलचित्र हेरी यो दशैं मनाउनेछन् भन्ने हाम्रो अपेक्षा छ । चलचित्रको ट्रेलर यहाँ हेर्नुोस्

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?