यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्रले टीका नलगाइदिने, मन्दिर पनि नजाने


पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । उनको प्रमुख सचिवालयले एक विज्ञप्ति जारी गर्दै देशमा हालैं गएको बाढी पहिरो र आफ्नै स्वास्थ्य समेतलाई मध्यनजर गर्दै सर्वसाधारणलाई टिका लगाइदिने कार्यक्रम स्थगित गरिएको र महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठहरुमा भ्रमण गर्ने कार्यक्रम समेत नहुने जानकारी दिएको हो । केही समय अघि मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराजा त्यसपछि आराम गर्दै आएका छन् । यही स्वास्थ्यका कारण उनले चन्द्रागिरीमा बडामहारजाधिराज पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण कार्यक्रममा समेत उपस्थित नहुने जनाउ दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?