गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उम्मेद्वारी दिने भवन भट्टको घोषणा


विश्वभर छरिएर रहेका नेपालीहरुको अन्तर्राष्ट्रिय सञ्जाल गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा भवन भट्टले उम्मेद्वारी घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेद्वारी घोष्णाा गर्दै यसअघि भइरहेका राम्रा कामको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले वैदेशिक रोजगारी आपतकालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बिमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन कार्ड बनाउने लगायतका काम गर्ने ईच्छा व्यक्त गरे । एनआरएनको नेपालमा लगानीको वातावरण निर्माणका लागि आफ्नो पहल अझै बढाउने समेत उनले बताए । यसअघिको कार्यकालमै उपाध्यक्ष रहेका भ्ट्टले आफ्नो कार्यकाल शेष घलेले अध्यक्ष पदमा नै उम्मेद्वारी दिने भएपछि दोहोराएका थिए । अहिले कुमार पन्त र भवन भट्टबीच चुनावी प्रतिस्पर्धा हुने मानिएपनि अहिलेसम्म कुमार पन्तले भने अपाm्नो उम्मेद्वारीको षियमा केही बोलेका छैनन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?