छोटो अवधिमा दुई करोर्ड दर्शक पाउँन सफल गीत ‘कुटुमा कुटु’ (भिडियो सहित)


यहि शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘दुई रूपैयाँ’लाई गीतबाट अपत्यारिलो सफलता हात परेको छ । चलचित्रको ‘कुटुमा कुटु ’ गीतले रिलिजको तीन महिनामै २ करोड दर्शक पाएको छ । युट्यूब मार्फत रिलिज यो गीतले छोटो अवधिका यति धेरै दर्शक पाएको हो । नेपालको परिपेक्षमा सबैभन्दा छोटो अवधिमा दुई करोर्ड दर्शक पाउँने गीत समेत यो ‘कुटुमा कुटु’ बन्न सफल भएको छ । दुई करोडको रेकर्ड बनाउने यो नेपालकै तेस्रो गीत भएको छ ।   यसअघि ‘सुर्के थैली’ र ‘ठमेल बजार’ले यो रेकर्ड बनाएका छन् । राजनराज सिवाकोटीको शब्द–संगीत रहेको गीतमा मेलिना राई र राजन इशान र सिवाकोटीकै स्वर रहेको छ । गीतको भिडियोमा भने स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्धि तामाङ र आसिफ शाहको अभिनय देख्न सकिन्छ । गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
असिम शाह निर्देशित ‘दुई रुपैयाँ’मा आसिफ सहित निश्चल, बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान आदिको अभिनय देख्न सकिन्छ ।  (भिडियो सहित)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?