क्यानबेरामा जनसम्पर्क समिति गठन, अशोक सुवेदी अध्यक्ष


प्रजातन्त्रवादी नेपाली प्रवासीहरुको संगठन जनसम्पर्क समितिको क्यानबेरा समिति गठन गरिएको छ । अशोक सुवेदीको अध्यक्षतामा गठन गरिएको समितिमा गठन गरिएको ११ सदस्यीय समितिको सल्लाहकारमा विक्रम सुवेदी, कुमार केसी, सागर खड्का र युवराज खनियाँ रहेका छन् । समितिको उपसभापतिमा भगिरथ सापकोटा, महामन्त्रीमा महेश वशिष्ठ, सहमहामन्त्रीमा राजेश खरेल, कोषाध्यक्षमा आस्था ढुंगाना रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा प्रविण पाठक, रविन कँडेल, बल्लभ खतिवडा, प्रल्हाद अर्याल, उमेश केसी, पूजन खत्री, र समिर अधिकारी रहेका छन् । शनिबार क्यानबेरामा सम्पन्न भएको एक भेलाले जनसम्पर्क समिति गठन गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?