लामखुट्टे मारेको फोटो पोष्ट गरेपछि ट्वीटरले ब्लक गरिदियो एकाउन्ट


सामाजिक सञ्जालमा फोहरी गाली बक्नेदेखि विभिन्न खाले तस्वीर र भिडियोहरु हाल्नेको जगजगी छ । तर, यो विषय फेसबुक र ट्वीटर जस्ता सोसियल साईटहरुको सेक्युरिटीको आँखामा नपरेका कारण मात्रै भाइरल बनिरहेका छन् । किनकि, हालै सार्वजनिक भएको एक तथ्यले यस्तै भन्छ । विविसीका अनुसार एक व्यक्तिले आफ्नो एकाउन्ट @nemuismywife बाट एउटा लामखुट्टे मरेको तस्वीर सार्वजनिक गर्दै लेखेका थिए । म टिभी हेरिरहेको छु र तँ मलाई चुसिरहेको छस् । तँ मर्नुपर्छ । यद्यपि मरिपनि सकेको छस् । यो फोटोमा लामखुट्टे मरेको मात्र होइन त्यहाँ लामखुट्टेको भूँडी फुटेर आलो रगत पनि भुईमा छरिएको देख्न सकिन्छ । यसलाई हिंसा प्रबद्र्धनको आधार मान्दै ट्वीटरले एकाउन्ट नै ब्लक गरिदिएपछि यतिबेला चर्चा र चासोको विषय बनेको छ । योभन्दा बढी हिंसात्मक पोष्टहरुमा एक्टीभ नभएको ट्वीटरको सेक्युरिटी सिष्टम यसमा कसरी आकर्षित भयो भनेर धेरैले प्रश्न गरेका छन् तर यसको जवाफ भने ट्वीटरले दिइसकेको छैन । यस लगत्तै अर्को एकाउन्ट बनाएर त्यस व्यक्तिले आफुलाई ट्वीटरले अन्याय गरेको पोष्ट गरेका थिए यसलाई ३१ हजार भन्दा बढीले रिट्वीट गरिसकेका छन् । उनको प्रश्नको उत्तर आउला त ? प्रसिद्ध पत्रिका पोब्र्सका अनुसार ट्वीटरले हालै एक नयाँ प्रविधिको विकास गरेको छ जसमा पोष्ट गरिएका शब्दहरुमा खराब र घृणा फैलाउने शब्द रहे नरहेको बारेमा छानविन गरिन्छ । यही सफ्टवेयरको प्रयोगको चपेटामा त्यो ट्वीट आएको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?