बिग बोसमा काम गर्ने अफर थियो बलात्कारी बाबा रामरहिमलाई


भारतको एक रियालिटी शो बिग बोसमा काम गर्न रामरहिमलाई अफर गरिएको खुलासा भएको छ । बलात्कारको आरोपमा जेल सजाए भएका बाबा रामरहिम कलाकार पनि थिए । उनले चलचित्रहरुमा अभिनय गरेर, रक गीत गाएर अनि विभिन्न अन्य क्रियाकलापबाट आफ्ना समर्थकहरु बढाएका थिए । यसैक्रममा रियालिटी शोका प्रस्तुतकर्ताहरुले उनलाई बिगबोसमा सहभागी हुन आमन्त्रण गरेका थिए । तर, बाबा रामरहिमले एउटा सर्त राखे जसका कारण उनलाई लिने योजना त्यसै तुहिएको थियो । बताइए अनुसार रहिमले यदि हरेक दिन तीन घण्टा आफ्ना भक्तजनहरुसँग भेट्न दिने भए बिग बोसमा सहभागी हुन कुनै आपत्ति नहुने बताउँदै आयोजकहरुलाई आफ्नो सर्त सुनाएका थिए । यो सर्त बिग बोसको नियमविरुद्ध हुने भएका कारण स्वीकार गरिएन र रामरहिम शोमा सहभागी भएनन् । तर, यदि उनी शोमा सहभागी भएको भए उनको जीवनका अन्य कैयौं पाटाहरु भारतको राष्ट्रिय टिभीमार्फत दर्शकले पहिले नै थाहा पाउने थिए । अन्तत प्रहरी अनुसन्धानबाट बलात्कारमा दोषी ठहर भएपछि उनी अहिले जेलमा छन् । समर्थकहरुको हिंसाका क्रममा ३० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने अझै पनि केही ठाउँमा तनावकै स्थिति छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?