नेपाल आईडलको टप थ्रीमा को पुग्ला ? कसलाई भोट हाल्नुभो तपाईंले ?


नेपाली टेलिभिजनको ईतिहासमा पहिलो अन्तर्राष्ट्रिय व्राण्ड नेपाल आईडलको फाईनलको नजिक जति जति पुगिदैछ त्यति नै यो प्रतिस्पर्धा रोचक हुँदै गएको छ । बिहीबार राति प्रशारण गरिएको कार्यक्रम टप ४ प्रधिस्पर्धीले आफ्नो प्रस्तुति दिइसकेका छन् । उनीहरुले एउटा स्लो किसिमको गीत र अर्को पप गीतमा आफ्नो प्रस्तुति दिएका थिए । बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र सागर आलेले आफ्नो प्रस्तुतिको जादू छरेका मात्र छैनन् स्टेजमा उपस्थित रहेका जजहरु र अतिथि जज राजेशपायल राईले पनि नेपालमा जातीय आधारमा नेपाल आईडललाई हेरिएको भन्दै असन्तुष्टी जनाएका छन् । एक कदम अघि सरेर जज कालीप्रसाद बास्कोटाले त सबैको जातको पछाडि नेपाली भनेर पनि थपिदिएका छन् । आफ्नो मनपर्ने कन्टेस्टेन्टलाई भोट दिनका लागि नेपालभित्र मोबाइलबाट मेसेज गरेर सहयोग गर्न सकिनेछ भने नेपाल बाहिर रहेका दर्शकले नेपाल आईडलको एप डाउनलोड गरेर त्यसमार्फत भोट दिन सक्नुहुनेछ । भोट हाल्नुभो त तपाईंले ?

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?