टाटा सुमो अनियन्त्रित भई दुर्घटना


पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १० स्थित सडकमा आज टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ३५७२ नं को टाटा सुमो अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किँदा सुमोमा सवार उदयपुर कटारी नगरपालिका निवासी औचु लामाको मृत्यु भएको हो ।  दुर्घटनामा परी गम्भीर घाइते लामाको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको इप्रका धनगढीले जनाएको छ । दुर्घटनामा परी घाइत सुमो चालक विजयकुमार श्रेष्ठ, अर्जुन तामाङ, राजेश श्रेष्ठको विराटनगर र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?